Section 5A
सुरक्षित विष बाहेक अन्य विष प्रयोग गर्न नहुने

जलचर समात्ने वा मार्ने प्रयोजनको लागि कुनै विषालु पदार्थ प्रयोग गर्नु पर्ने भएमा त्यसको प्रयोजनको लागि सुरक्षित विष बाहेक अरु कुनै प्रकारको विष प्रयोग गर्नु हुँदैन ।
स्पष्टीकरण ः यस दफाको प्रयोजनको लागि “सुरक्षित विष” भन्नाले प्राविधिक अधिकारीले सिफारिश गरेको रसायन वा जडिबुटी सम्झनुपर्छ ।